जमैकामा शक्तिशाली आँधी आउदा जनजीवन प्रभावित

कालिकोट । जमैकामा बेरिल नामको शक्तिशाली आँधी आउदा त्यहाँको जनजीवन प्रभावित भएको छ । । झन्डै दुई सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावासहितको आँधी क्यारेबियन टापुको दक्षिणी तटीय क्षेत्रको नजिकबाट पार गर्न सक्ने यूएस नेशनल हुरिकेन सेन्टरले चेतावनी दिएको छ ।यसका कारण जमैका र पछि केम्यान टापुहरूमा जनजीवन सङ्कटमा पार्ने खालको हावा र आँधीबेहरी चल्नसक्ने बीबीसीले जनाएको छ । क्यारेबियन क्षेत्रमा आएको आँधीका कारण अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको छ । जमैकामा शक्तिशाली आँधीबेहरीको चेतावनीसँगै प्रशासनले स्थानीय समय अनुसार विहान ६ देखि बेलुका ६ बजेसम्म कर्फ्यू लगाएको छ ।

 

error: Content is protected !!