एकीकृत समाजवादीमा अध्यक्षका लागि नेपाल र भुसाल बिच प्रतिस्पर्धा

कालिकोट । बिहीबार हुने नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा नेपाल र भुसाल बिच प्रतिस्पधा हुँदै छ।अध्यक्षका लागि माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले दाबी कायमै राखेका छन् । एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको दाबी गर्दै नेपालले आफ्नो नाममा सर्वसम्मत गराउने प्रयास जारी राखेका छन्।महासचिव भुसालले भने पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । सहमति नभए अध्यक्षका लागि यी दुई नेताबीच प्रतिस्पर्धा हुनेछ।उपाध्यक्ष बेदुराम भुसालले सर्वसम्मत अध्यक्ष चयन गर्ने प्रयास भइरहेको बताएका छन्।महासचिवका लागि उपमहासचिव गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा आकांक्षी रहेका छन्।महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ। मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उमेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची बिहीबारलाई तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका निर्माण गरेको छ।प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ ।

 

error: Content is protected !!