कालिकोट । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा अति वर्षाको अनुमान रहेको छ।देशैभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा अति वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।





