मनसुन भित्रिएसँगै प्राकृतिक विपद्को जोखिम उच्च

कालिकोट । मनसुन शुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा रहेको छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल विस्फोटन, चट्याङ, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ, जल उत्पन्न प्रकोपमा ३० औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा १४ औँ र हरितगृह ग्यास उत्सर्जनका हिसाबले १०९ औँ स्थानमा पर्दछ । त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणविना खनिएका सडक संरचनाले थप मलजल गरेका छन् । विपद्बाट कुल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको छ ।गएको वर्ष सात सय ६९ विपद्का घटना हुँदा ६३ जनाको ज्यान जानुका साथै ६९ जना घाइते तथा ३० जना बेपत्ता भएको तथ्याङ्क छ ।

 

error: Content is protected !!