कालिकोट । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन्। बुधबारको राष्ट्रिय सभा बैठकमा उनले यस्तो बताएका हुन्।उनले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभई फाइल भए खोल्न आग्रह गरे। उनले ब्ल्याकमेलिङको राजनीतिक चेतावनी दिए। उनले नेपाली कांग्रेस सरकारमा जान आतुर रहेकाले चाँडो चाँडोभन्दा निकास दिन सरकारलाई आग्रह गरेका छन्।





