रोमानियालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा

कालिकोट । रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३(० ले विजयी भएको हो।​ २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए।दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे। रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ती गरेपछि गाक्पोको पासमा उनले गोल गरेका थिए।

 

error: Content is protected !!