कालिकोट । भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ।मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन्। घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।हाथरस जिल्लाको फुलरई गाउँमा उक्त सत्संग आयोजना गरिएको थियो। नारायण साकार हरि नाम गरेका बाबाको सत्संग कार्यक्रममा उक्त दुर्घटना भएको हो। सत्संग समाप्त भएलगत्तै मानिसहरु बाहिरिने क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन्।





