कालिकोट । सहकारी संस्था बचत रकम दुरूपयोगको संसदीय विशेष छानबिन समितिले राजनीतिक दलहरूसँग लिखित सुझाव माग्ने भएको छ।मंगलबार यस समितिको आठौं बैठकले राजनीतिक दलसँग समाधानका उपाय र बुझाइ सम्बन्धी लिखित सुझाव माग्ने निर्णय भएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन्।आठौं बैठकमा समितिले सहकारी समस्या र समाधानका उपाय पत्ता लगाउन विभिन्न निकायसँग छलफल र सुझाव लिने काम गरिरहेको थापाले बताए।समितिले राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड, र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीहरू र कर्मचारीहरूसँग छलफल गरेको हो।





