कालिकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक आज बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिएका छन्।सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीलाई छलफलका लागि बैठक बोलाएका हुन्।एमाले र कांग्रेसबीच पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। दोस्रो कार्यकाल कांग्रेसका सभापति देउवाको नेतृत्वमा सरकार गठन हुने भएको छ।समझदारी पत्रलाई आज अन्तिमरूप दिएर दुवै दलका शीर्ष नेताले हस्ताक्षर गर्ने तयारी समेत रहेको बताईएको छ।





