कालिकोट । आज पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदैछ।नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदै छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बहस कार्यक्रम आयोजना हुने भएको छ। कोइरालालाई केन्द्रमा राखेर तीन शीर्षकमा बहस कार्यक्रम समेत हुनेछ। ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रूपमा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली रहनेछन्।





