इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको सिआईबीको निष्कर्ष

कालिकोट । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ।ब्यूरोले आज पत्रकार सम्मेलन गर्दै ३ हजार १९४।६६८ केजी सुन तस्करी भएको पाइएको जनाएको हो।यसमध्ये ब्रेक सुमा लुकाएर ३६२।७७८ केजी र इलेक्ट्रोनिक मालवस्तुमा लुकाई छिपाई २८३१।८९ केजी सुन ल्याएको ब्यूरोका प्रवक्ता एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।जुन ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ बराबरको हुन आउँछ।इलेक्ट्रोनिक मालवस्तु अन्तर्गत पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन लगायत सामानभित्र लुकाई छिपाई सुन तस्करी भएको पाइएको प्रहरीले जनाएको छ।सिआइबीका अनुसार तस्करीका लागि पाँचवटा कम्पनी खडा गरिएको भेटिएको छ। जसअनुसार भुजेल इलेक्ट्रिक सप्लायर्सबाट १३०३।९६५ केजी, हवाडा इलेक्ट्रिक सप्लायर्सबाट ६३२।७९५ केजी, छुंगाक इलेक्ट्रिक सप्लायर्सबाट ७१६।८३, दोलखा इलेक्ट्रिक सप्लायर्सबाट १७०।८ र रेडी ट्रेड प्रालिबाट ७।५ केजी सुन तस्करी भएको सिआईबीले जनाएको छ।

 

error: Content is protected !!