गोठमा आगो लगाएको अभियोगमा एक जना पक्राउ

कालिकोट । दाङको बङलाचुली गाउँपालिका(५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटी सल्काई उक्त गोठको छानामा फालेर आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आगलागीबाट ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

error: Content is protected !!