कालिकोट – हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से १४ दशमलव ८३ अङ्कले घटेर २ हजार ३७ दशमलव ९ विन्दुमा झरेको छ ।आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।आज मनकामना लघुवित्त कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मुक्तिनाथ कृषि कम्पनीको शेयर भने ७ प्रतिशतले बढेको छ ।





