अमेरिकामा प्रहरी द्धारा १३ वर्षीय किशोरको गोली हानी हत्या

कालिकोट । न्युयोर्कका प्रहरी अधिकारीले एक किशोरलाई गोली हानी हत्या गरेका छन्।प्रहरीले पिछा गरेपछि ती किशोरले पेलेट गन देखाएको प्रहरी अधिकारीको दाबी छ। प्रहरीले १३ वर्षीय एसियाली पुरुषको रूपमा पहिचान गरेको किशोरलाई शुक्रबार राति रोकेपछि उनी भागेका थिए।प्रहरीकाअनुसार ती किशोरले हतियार देखाएपछि एक अधिकारीले उनलाई गोली हानेका हुन्। उनको स्थानीय अस्पतालमा लगिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरी अधिकारीले १३ वर्षीय किशोरलाई किन रोके भन्ने कुनै कारण खुलाइएको छैन। प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा समेत संलग्न अधिकारी र किशोरको नाम खुलाइएको छैन।

 

error: Content is protected !!