संसद् दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

कालिकोट । आज संसद् दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष असार १६ गतेका दिन संसद् दिवस मनाउने गरिन्छ।दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख देवराज घिमिरेले बलियो संसद लोकतन्त्रको आधारशिला भएको भन्दै संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइने गरेको उल्लेख गरेका छन्। लोकतान्त्रिक संसदको आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने जनाइएको छ ।यस्तै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई सत्ताको जोडघटाउ भन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

error: Content is protected !!