कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–४ गल्लीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । डिविजन वन कार्यालय कालिकोटको प्राविधिक सहयोग, इकोहिमाल नेपालको सहजिकरण तथा स्थानियहरुको श्रमदानमा वृक्षारोपण तथा घेरवार समेत गरीएको इकोहिमाल नेपालका कार्यक्रम अधिकृत जयकर्ण बुढाले बताएका छन् । उनका अनुसार उनका अनुसार डिविजन वन कार्यालय कालिकोटले उपलब्ध गराएको देबदार,सल्लो र धुपी गरेर करीव १ हजार ५ सय विरुवा लगाइएको छ । सोही वडाका वडा अध्यक्ष प्रभानन्द आचार्यले वृक्षारोपण गर्ने वडा वासीहरुलाई धन्यवाद दिएका छन् । अध्यक्ष आचार्यले आफ्नो अभियान पनि विरुवा रोपेर वातावरण हराभरा वनाउने भएको र वडाका नागरीकहरुको श्रमदानमा वृक्षारोपण हुनुले आफुलाइ खुसी तुल्याएको बताए । स्थानियहरुले आजनै विरुवालाइ सुरक्षाको लागी घेरवार समेत गरेका कार्यक्रम अधिकृत बुढाले जानकारी दिएका छन् ।





