लद्दाखमा बाढी आउँदा ५ जना भारतीय सैनिकको मृत्यु

कालिकोट । भारतको केन्द्र शासित प्रदेश लद्दाखमा ‘एलएसी’ अर्थात् वास्तविक नियन्त्रण रेखा नजिक नदीमा अचानक बाढी आउँदा पाँच जना भारतीय सैनिकको मृत्यु भएको छ ।लद्दाख नजिक दौलत बेग ओल्डी क्षेत्रमा बाढी आउँदा पाँच जना सैनिकको डुबेर ज्यान गएको सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सैनिकहरू ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्दै गर्दा आज पानीको सतह अचानक बढेको थियो ।ट्याङ्कमा एक जुनियर कमिसन्ड अफिसर (जेसीओ) र चार जना जवान रहेका थिए ।

error: Content is protected !!