कम्युनिष्टहरू एकपटक मिल्नैपर्ने वामदेवको भनाई

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनपर्ने बताएका छन्। आजकाठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रश्ताव राख्नुपर्ने बताएका छन्। उनले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताएका हुन्।उनले जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले आफूसँग नलिकन समाजवाद स्थापना नसकिने बताएका छन्।

 

error: Content is protected !!