महाबै गाँउपालिका जिल्लाकै पहिलो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

कालिकोट । महाबै गाँउपालिका जिल्लाकै पहिलो पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । स्थानिय श्रोतको उपभोग, स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ पालिका खोप समन्वय समिति महाबै गाँउपालिकाको आयोजनामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम घोषणा भएको हो । महाबै गाँउपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समिति अध्यक्ष खेम बहादुर सिंह (भिजन) को सभा अध्यक्षता जिल्ला खोप समन्वय समितिका सदस्य स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतको प्रमुख आतिथ्यता तथा जिल्ला स्वास्थ्य कार्यालयका एम.डि.जिपि डाक्टर शुभनारायण ठाकुरको बिषेश आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रममा सम्पुर्ण वडाका वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरु, स्वास्थ्य शाखा प्रमुख नन्दी कुमारी शाही लगायतका स्वास्थ्य कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताइएको छ । सम्पुर्ण वडाहरुलाई पुर्ण खोप सुनिश्चितता प्रमाण पत्र प्रदान गरिनुका साथै गाँउपालिका लाई पनि प्रमाण पत्र हस्तान्त्रण गरिएको र दुई बुँदे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको जनस्वाथ्य अधिकृत महतले बताउनु भयो ।

सम्पुर्ण बालिबालिका हरुले नियमित खोप प्राप्त गरि खोप वाट कोहि बच्चा पनि नछुटेको भएमा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सकिने कार्यालयका एम डि जिपि डाक्टर ठाकुरको भनाइ रहेको छ ।

जिल्लाका प्राय स्थानियतहहरुले खोपका सम्पुर्ण चरणहरु पुरा गरिसकेकाले असार मसान्त भित्रै सम्पुर्ण जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख संकेत बिश्वकर्माले बताउनु भयो ।

error: Content is protected !!