कालिकोटमा इकोहिमाल नेपालले पनि मनायो,२१ औं राष्ट्रिय धान दिवस ।

कालिकोट । जिल्लामा “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मुल नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस खाँडाचक्र नगरपालिका–३ ताडीमा मनाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष असार १५ मा धान दिवस मनाइँदै आएको छ । सरल जनजागरण सहकारी संस्थाको आयोजना, इकोहिमाल नेपालको सहजिकरणम तथा जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाही जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत (विश्वकर्मा), नेकपा (माओबादी) केन्द्रका केन्द्रीय सदस्य गंगा खड्का (बोगटी), जिल्ला स्थित सम्पुर्ण कार्यालयका प्रमुख तथा कर्मचारी, पत्रकार, कृषकहरु लगाएतको उपस्थितिमा २१ औँ राष्ट्रिय धान दिवस मनाइएको सहकारी संस्थाका सचिव जनक आचार्यले जानकारी दिएका छन् । आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ ।

error: Content is protected !!