खेलकुदमन्त्री श्रेष्ठ औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान

कालिकोट । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज दक्षिण कोरिया प्रस्थान गरेका छन्। उनी इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र नेपाल दूतावासद्वारा आयोजित लगानी समिटमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका बताईएको छ ।लगानी सम्मेलनमा पिपिपी मोडलमा खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताएका छन् ।उनको कोरियन स्पोर्ट्स एन्ड ओलम्पिक कमिटीका अध्यक्ष लि–की हुङ र वल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डा चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ।

error: Content is protected !!