पहिरोमा परी गम्भिर घाइतेको हेलिकप्टरद्धारा उद्धार

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिका मा पहिरोमा परी घाइते भएका व्यक्तीको हेलिकप्टरद्धारा उद्धार गरी सुर्खेत लगीएको छ । शुक्रबार विहान करीव ११ः०० वजे तिर लालु खुलालु सडक खण्ड अन्र्तगत पर्ने छिल्पेखोलामा हिडीराखेका वेला एक्कासी माथिबाट पहीरो खस्दा टाउकोमा गम्भीर चोट लागी घाइते भएका सोही गाउँपालिका वडा नं ६ निवासी अनिल बटालालाई उद्धार गरीएको हो । स्वास्थ्य सेवा कार्यालय कालिकोट, कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननिय महेन्द्र बहादुर शाही, राष्ट्रिय सभा सदस्य माननिय बिष्णु बहादुर विश्वकर्मा,कर्णाली प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण माननीय मन्त्री दुर्ग बहादुर रावत लगाएतको पहल नरहरीनाथ गाउँपालिकाको सहजिकरण, जिल्ला विपद् ब्यवस्थापन समितिको समन्वयमा उनलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत तथा सुचना अधिकारी कटक बहादुर महतले बताएका छन् । टाउकोमा गम्भिर चोट लागेकाले जुम्लाबाट आएको विषेशज्ञ  चिकित्सक सहीतको टोलीले स्वास्थ्य सेवा कार्यालयमा प्राथमिक उपचार गरी थप उपचारको लागी अहीले साँझ ५ः४० वजे  मान्मबाट हेलिकप्टर मार्फत सुर्खेत पठाईएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.संकेत विश्वकर्माले जानकारी दिएका छन् ।

error: Content is protected !!