कञ्चनपुरमा धान उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोग

कालिकोट । कञ्चनपुरमा आधुनिक प्रविधिको प्रयोगरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् । परियोजना कार्यान्वयन इकाइको समन्वयमा चक्लाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिमार्फत धानखेती गर्न थालीएको छ ।इकाइका कार्यालयका प्रमुख सन्जु रिमालका अनुसार ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले शुक्लाफाँटा नगरपालिका–१० मा र माता भगवती कृषि सहकारी संस्थाले भीमदत्त नगरपालिका–१२, १४ र १६ मा कार्यक्रम सञ्चालन गरेका छन् । दुवै सहकारीले १५.१५ हेक्टर क्षेत्रफलमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिबाट धानखेती गर्न सहजीकरण गरिरहेका उनको भनाइ छ ।प्लास्टिको ट्रेमा धानको बेर्ना तयार गरी दुवै सहकारीमा आबद्ध किसानले पहिलो पटक धान रोप्ने मेसिनको प्रयोग गरी रोपाइँ गरिरहेका प्रमुख रिमालले बताइन् ।

error: Content is protected !!