बूढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कालिकोट । नेपाल समाजवादी पार्टीले बूढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बूढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बझाएका हुन्।ज्ञापनपत्रमा बूढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ। अधिकार र साधन स्रोत सम्पन्न बूढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री डा। भट्टराईले जानकारी दिएका छन्।

 

error: Content is protected !!