शिक्षा प्रणाली कमजोर हुनुले फेल हुनेको संख्या धेरै भएको शिक्षाविद्को भनाई

कालिकोट । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहानै सार्वजनिक गरिसकेको छ।सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन्।५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना फेल (एनजी) भएका छन्। परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार ३१ हजार २०९ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन्। ​३.२० देखि ३।६० जिपिए ल्याउनेको संख्या ६८ हजार २५६ जना छन्।त्यस्तै, २।८० देखि ३।२० जिपिए ल्याउनेहरूको संख्या ७८ हजार ८७४ जना रहेका छन्। २।४० देखि २.८० जिपिए ल्याउनेहरूको संख्या ४१ हजार १७७ जना छन्। २ हजार ९५० जनाले २.०० देखि २।४० जिपिए ल्याएका छन भने ६ जनाले १.६० देखि २.०० जिपिए ल्याएका छन्।

 

error: Content is protected !!