वन अतिक्रमण गरी बनाइएको चार कोठे भवन डोजरले भत्कायो

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

कालिकोट । डिभिजन वन कार्यालय लहानले वन अतिक्रमण गरी बनाइएको चार कोठे भवन भत्काएको छ। गोलबजार नगरपालिका ९ चोहर्वा ब्यारेक नजिक स्थानीय सत्यदेव यादवले वन अतिक्रमण गरी बनाएको चार कोठे भवन भत्काएको हो।निर्माणाधीन अवस्थामै वन कार्यालयले निर्माण कार्य रोक्न मौखिक तथा लिखित अनुरोध गर्दागर्दै निर्माण गरेको भन्दै वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार आज घर भत्काएको डिभिजनल वन कार्यालय लाहानका अधिकृत सुजीत कुमार झाले जानकारी दिएका छन् ।उनले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै २०७९ को निर्वाचनको समय पारेर घर निर्माण गरेको बताएका छन्।

 

error: Content is protected !!