आज उपविदेशमन्त्री सुन वेइतोङ नेतृत्वको टोली स्वदेश फिर्ता

कालिकोट । नेपालको भ्रमण सकेर चीनका उपविदेशमन्त्री सुन वेइतोङ नेतृत्वको टोली स्वदेश फर्किएको छ। नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन गत सोमबार काठमाडौँ आइपुगेको टोली आज दिउँसो स्वदेश फर्किएको हो।उपविदेशमन्त्री सुन नेतृत्वको टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल तथा नेपालका लागि चिनियाँ राजदूत छन सङले बिदाइ गरेका छन्।नेपालको तीनदिने औपचारिक भ्रमणको अन्तिम दिन आज उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र समकक्षीसमेत रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका थिए।

 

error: Content is protected !!