पहिरोले घर भत्किँदा एकै घरका एकको मृत्यु एक जना घाइते

कालिकोट । लमजुङको दोर्दी गाउँपालिका–९ मा गएराति पहिरोले घर भत्किँदा किशोरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। १६ वर्षीय विकल सुनारको मृत्यु भएको हो। १८ वर्षीय मिलन सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिएका छन्।विकल र मिलन दाजुभाइ हुन्। पहिरोमा परी घाइते भएका दुवैलाई बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको छ। घाईते मिलनको उपचार भइरहेको बताईएको छ।

 

error: Content is protected !!