कालिकोट । नेपालले सातौँ एशिया कप खुला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५ स्वर्ण, १ रजत र १ काँस्यसहित ७ पदक जितेको छ।भारतको गोवामा सम्पन्न प्रतियोगितामा ७ खेलाडी सहभागी भएकामा सबैले पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ। नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा १ गरी ७ पदक जितेको हो।पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजङ्ग खड्काले स्वर्ण जितेका हुन्।पुरुष जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारेका हुन्।