कालिकोट । सरकारले आगामी आर्थिक वर्ष २०८१ । ८२ का लागि ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ।अर्थमन्त्री वर्षमान पुनले संसदका दुबै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेश गरेको बजेट लगातारको छलफलपछि आज बहुमतले पारित भएको हो।आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका बजेट शीर्षकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।त्यसपछि प्रतिपक्षी दलका ३१ सांसदले राखेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो। यसरी प्रस्तुत गरिएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरिएको थियो।