कालिकोट । मोरङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना भने बेपत्ता भएका छन्। सुन्दरहरैंचा नगरपालिका–५ गौशाला नजिक बूढीखोलाले बगाउँदा आज दिउँसो एक महिलाको मृत्यु भएको हो । मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको खोलाले बगाउँदा मृत्यु भएको छ ।दुई जना बेपत्ता भएका छन् । एक जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।सुन्दरहरैँचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो १२ बजेतिर खोलामा अचानक आएको बाढीले चार जना महिलालाई बगाएको थियो । बाढीमा बगेका चारमध्ये सुन्दरहरैचा– ५ की २२ वर्षीया स्वस्तिका चौधरीको जिवितै उद्धार गरिएको छ ।सोही स्थानकी २५ वर्षीय प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ । ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फुला चौधरी बेपत्ता छन् ।