कालिकोट । रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बाल यौन दुराचारमा दोषी ठहर गरेको छ । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनलाई बालयौन शोषण मुद्दामा दोषी ठहर गरेको हो ।सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजनअनुसार इजलासबाट बम्जन दोषी ठहर भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । सजाय कति हुने भन्ने फैसला असार १७ गतेको इजलासले टुङ्ग्याउने छ । अभियुक्त बम्जन अहिले पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका छन् । फैसला पूर्व हिजोको इजलासमा दुवैतर्फका वकिलले अन्तिम बहस गरेका थिए ।