कालिकोट । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ। मेलम्ची नदीको पानी बढेर बाढी आएर धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो।समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मेलम्ची नदीमा बाढी आएसँगै पानी धमिलिन थालेको बताउँदै आयोजनाको संरचना सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको जानकारी दिए।उनका अनुसार समितिले मनसुन अवधिमा विपत्तिको जोखिम कम भएमात्रै मेलम्चीको पानी पठाउन पुनः शुरु गर्ने तयारी गरेको छ। मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन्।