तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक भयो राष्ट्रिय सभामा दर्ता

कालिकोट । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज यो विधेयक राष्ट्रिय सभामा दर्ता गराउनु भएको बताईएको छ ।नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विधेयक ल्याइएको उल्लेख गरिएको छ । आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नका लागि विश्वविद्यालय स्थापना गर्ने विधेयकको उद्देश्य रहेको छ ।

 

error: Content is protected !!