कालिकोट । नेपाल औषधि व्यवसायी संघ कालिकोट जिल्ला शाखाले ५१ औं स्थापना दिवसका अवसरमा रक्तदान तथा फलफूल वितरण कार्यक्रम गरी मनाएको छ । संघले सोमवार “गुणयुक्त,असरयुक्त, जनसुरक्षित औषधिको उपलब्धता,व्यवसायिक सहकार्य सहितको एकता आजको आवश्यकता” भन्ने मुलनाराका साथ स्वास्थ्य सेवा कार्यालयमा रक्तदान र विरामीहरुलाई फलफूल वितरण कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइएको छ ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.भिष्म प्रसाद पोखरेलको प्रमुख आतिथ्यता साथै जनस्वास्थ्य अधिकृत तथा नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा अध्यक्ष कटक बहादुर महत,सचिव दिप बहादुर शाही,कोषाअध्यक्ष लक्ष्मण खत्री,सदस्य कल्पना शाही लगाएतको उपस्थितिमा उक्त कार्यक्रम उद्घाटन गरीएको थियोे । कार्यक्रम अनुसार अस्पतालमा भर्ना भएका १७ जना विरामीलाई फलफूल वितरण गरीएको बताइएको छ ।