आज कर्णाली र सुदूरपश्चिममा मनसुनको प्रभाव

कालिकोट । नेपालमा मनसुन भित्रिएको दुई हप्तापछि कर्णाली र सुदूरपश्चिममा पनि प्रभाव पर्न थालेको छ । गएरातिदेखि कर्णाली र सुदूरपश्चिममा पनि मनसुनी वायुको प्रभाव देखिएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा मुसलधारे पानी पर्ने सम्भावना छ ।

error: Content is protected !!