आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै

कालिकोट । आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८१र८२ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्।७ सय ५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय ९बजेट०को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ।आइतबारसम्म ३८ स्थानीय तहले बजेट पेस गरिसकेका छन्। अब सात सय १५ स्थानीय तहले बजेट पेस गर्न बाँकी छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिक अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेश ६, बागमतीका ६, गण्डकी प्रदेशमा १४ लुम्बिनीका ३, कर्णालीका १ र सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहले बजेट पेस गरेका छन्।असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ।मन्त्रालयको वेबसाइटमा उद्धृत सूचनाअनुसार चालु आवमा अहिलेसम्म एक पालिकाले बजेट ल्याएको जानकारी प्रविष्ट गरेको छैन।

error: Content is protected !!