सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने

कालिकोट । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारले यो वर्ष ४ खर्ब रुपैयाँको काठ बेच्ने बताएका छन्।आज प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री सुडीले सरकारले मन्त्रिपरिषद्‌बाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेको भन्दै अब सरकारले ४ खर्ब रुपैयाँको काठ बेच्ने बताएका हुन्। उनले विगतमा काठको मूल्य बढी भएकाले नेपालकी काठ नबिकेको बताएका हुन्।उनले एक, दुई महिनाभित्रै सबै नियम, कानून मिलाएर नेपाली काठलाई मलेसियन काठभन्दा महँगो पर्न नदिने बताए। उनले वन ऐन २०२९ लाई छिटोभन्दा छिटो संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफू त्यसमा दृढ संकल्पित रहेको बताए। उनले वन ऐन संशोधन गर्नका लागि संसद्‌मा छिटो पेश गरिने जानकारी दिएका छन्।मन्त्री सुडीले नेपालमा आवश्यक पर्ने काठ नेपालकै प्रयोग गर्नुपर्नेमा जोड दिए।

error: Content is protected !!