नेपाल आइडल सिजन(५ को उपाधि हात पारे करणले

कालिकोट । अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी नेपाल आइडल सिजन–५ को उपाधि करण परियारले हात पारेका छन् ।हिजो भएको फाइनलमा सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन्।विजेता परियारले परियाले २५ लाख र ट्रफी पाएका छन्। यस्तै फर्स्ट रनरअप सलोनी गुरुङले १० लाख नगद र सेकेन्ड रनरअप सचिन विश्वकर्माले ५ लाख नगदसहित ट्रफी पाएका हुन्।अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना रहेका थिए।

error: Content is protected !!