कालिकोट । करार कर्मचारी नविन शाही बारम्वार मान्छे कुटपिटमा संलग्न देखीएका छन् । शुभकालिका गाउँपालिकामा पशुसेवा शाखामा कार्यरत रहेका उनले गएको २०८० पुष २१ गते सोही गाउँपालिकाकै सव–इन्जिनियर नन्द परेक उपाध्यायलाई ज्यानै लिने उद्देश्यले टाउकोमा ढुङ्गा प्रहार गरी गम्भिर घाइते बनाएका थिय । उनि कर्मचारी रहेकै वखत गाउँपालिकामा सौचालय बनाउने ठेक्का लिएको र निरिक्षण गर्ने क्रममा आवश्यक प्राविधिक सल्लाह सुझाव दिने क्रमका प्राविधिक दृष्टिले गलत भएको काम सच्चाउन भन्दा आफुमाथि ढुङ्गा प्रहार भएकोे सव–इन्जिनियर नन्द परेक उपाध्यायले बताए । उनले गाउँपालिकाको दवावमा आफुले न्याय नपाएको बताएका छन् ।
उनले भने उपचार खर्च पाउने सहमती भएता पनि अहिले सम्म घटनामा संलग्न शाहीले कुनै वास्था गरेका छैनन् । पुष २२ गतेनै आवश्यक सहयोगको लागी भनेर जिल्ला प्रशासन कार्यालय कालिकोटमा निवेदन समेत दिदा पनि अहीले सम्म आफुले न्याय नपाएको उनको गुनासो छ । यता प्रमुख जिल्ला अधिकारी गणेश नेपाली संग जानकारी लिदा उहाँले सोही ठाउँमै काम गर्न पर्ने भएकाले समस्या हुने र छलफल भइसकेको भन्ने कुरा गरेकाले प्रकृया अगाडी नबढेको बताए । उनले भने उहाँले चाहे अझै पनि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन सकीने बताए । आफु उपचारकै क्रममा रहेको वेला आफु संग कुनै सल्लाह नभई गाउँपालिकाले उक्त सौचालयको रकम भुक्तानी गर्नुले आफुलाई थप पिडित बनाइएको बताए । गाउँपालिकाका इन्जिनियर नरेन्द्र प्रसाद चौलागाईले पनि सौचालयको ४ लाख ७० हजार भुक्तानी भएको बताए । कर्मचारी शाहीले बिहिवार साँझ करीब १० वजे गाउँपालिकाको वडा नं ६ निवासि भिम प्रसाद आचार्यलाई होटेलमा खाना खाइ रहेका बेला मदीरा सेवन गरी ज्यानै लिने गरी एक्कासी काँचको गिलासले प्रहार गरी सक्त घाइते बनाएका छन् । सो घटनामा गाउँपालिकाकै लेखापाल कृष्ण रोकायाको समेत संलग्नता रहेको छ । ज्यानै लिने उद्देश्यले घाइते बनाइएका आचार्यलाई जिल्ला अस्पताल कालिकोट हुदै प्रदेश अस्पताल सुर्खेत लगीएको र त्यहाँ पनि उपचार सम्भव नहुने भएपछि काठमाण्डौं मेडीकल कलेजमा उपचारका लागी लगीएको छ ।