कालिकोट । संयुक्त राष्ट्र सङ्घका ३० भन्दा बढी विज्ञले राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद नपठाउन आह्वान गरेका छन् ।हतियार बेच्ने लाइसेन्स भएका कम्पनीलाई सङ्केत गर्दै विशेष प्रतिवेदक, स्वतन्त्र विज्ञ र संयुक्त राष्ट्र मानव अधिकार परिषद्का कार्य समूहले संयुक्त वक्तव्य जारी गर्दै इजरायलमा हतियारलगायत अन्य सैन्य उपकरणको बिक्री र हस्तान्तरण रोक्न आग्रह गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।