कालिकोट । क्रसरहरु नवीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघले सर्मथन जनाएको छ।आज माइतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर व्यवसायीको आन्दोलनमा महासंघको तर्फबाट सर्मथन जनाएका हुन्।उनले क्रसरहरु बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी पर्ने भन्दै सरकारले अविलम्ब उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताएका छन्।उनले क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने बताए। नवीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीले गत असार १ देखि काठमाडौँलक्षित आन्दोलन गर्दै आएका छन्।