अमेरिकाले भारत र पाकिस्तानबिच प्रत्यक्ष आपसी समझदारीमा निर्धारण गर्ने

 

कालिकोट । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले हिजो अमेरिकाले भारत र पाकिस्तानबिच प्रत्यक्ष छलफललाई समर्थन गर्ने बताएका छन्।उनले छलफलको गति, दायरा र चरित्र पनि दुई देशको आपसी समझदारीमा निर्धारण गर्नुपर्ने बताएका छन्।पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका र दुवै प्रधानमन्त्रीमा शान्ति प्रक्रिया सुरु गर्ने क्षमता रहेको विश्वास गर्ने अमेरिकी विशेषज्ञको प्रतिक्रियाबारे सोधिएको प्रश्नमा मिलरले भने, “हामी भारत र पाकिस्तान दुवैसँगको सम्बन्धलाई महत्त्व दिन्छौँ र भारत– पाकिस्तानबीचको प्रत्यक्ष छलफललाई समर्थन गर्छौँ। तर, गति, दायरा र चरित्र ती दुई देशहरूले निर्धारण गर्नुपर्छ, हामीले होइन।”जुन १० मा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले प्रधानमन्त्री मोदीलाई भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिएका थिए ।

 

 

error: Content is protected !!