माओवादीको कारबाही खारेजीको माग गर्दै गण्डकीका सांसद देवकोटा सर्वोच्चमा

कालिकोट । नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।संसदीय दलको निर्णयविरुद्ध गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भन्दै माओवादीले कारबाही गरेपछि त्यसविरुद्ध रिट लिएर उनी सर्वोच्च पुगेका हुन्।नेकपा माओजवादी केन्द्रको चुनाव चिह्न लिएर जितेका उनी पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका थिए। गएको जेठ २८ मा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका उनी जेठ ३२ मा पदमुक्त भएका थिए।देवकोटाले आज दायर गरेको रिटमा आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख धितालले प्रदेशसभामा वाचन गरेको पत्र खारेजीको माग गरेका छन्।

 

error: Content is protected !!