भेटी चोरी गरेको अभियोगमा पाँच जनालाई थुनामा पठाउन आदेश

कालिकोट । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँचजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहसपछि पाँचजनालाई थुनामा पठाउने र एकजनालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायबसुब्बा रहेका ५१ वर्षीय नवराज ढोडारी, ब्राह्मण पदमा कार्यरत काठमाडौं(६ बस्ने ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।कागेश्वरी मनोहरा( ८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा(९ बस्ने ३५ वर्षका कुमार दमाई परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका( १२ का २९ वर्षीय सञ्जय कपालीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

error: Content is protected !!