कालिकोट । आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा विहानै देखी वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि राति नै देखि वर्षा भरहेको छ। अन्य स्थानमा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने भएको छ।