परिसूचक नेप्से आज २ अंकले बढ्यो

कालिकोट । आज नेप्से परिसूचक २ दशमलव २७ अंकले बढेर २ हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।आज ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ४८ हजार ७०६ पटक खरिदबिक्री हुँदा ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रुपैयाँ बराबरको कारोबार भएको छ।आजको कारोबारमा बैंकिङ शून्य दशमलव १४, वित्त २ दशमलव ६२, जलविद्युत् शून्य दशमलव ३२, लघुवित्त शून्य दशमलव १४, निर्जीवन बीमा समूह शून्य दशमलव १७ र अन्य समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ।अरु सबै समूहको उपसूचक घटेको छ।

 

error: Content is protected !!