नेपालमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ता बढ्दै

कालिकोट । नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ।आज काठमाडौँमा लागुऔषध दुर्व्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराएको छ। गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता थिए। कुल लागुऔषध प्रयोगकर्तामध्ये ७ प्रतिशत महिला पाइएको बताइएको छ।प्रयोगकर्तामध्ये पनि ६९ प्रतिशत अर्थात ९० हजारभन्दा बढी प्रयोगकर्ताले सुईबाट लागुऔषध प्रयोग गर्ने गरेका पाइएको छ। सर्वेक्षणले नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गूणाले बढेको देखाएको छ।

 

error: Content is protected !!