कालिकोट । कैलालीमा गर्मी छल्न कुलोमा नुहाउने क्रममा डुबेर उक जना युवकको ज्यान गएको छ। ज्यान जानेमा लम्कीचुहा नगरपालिका(५ थापापुरका १८ वर्षीय कैलाश विष्ट रहेका छन् ।जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बडका बिच्की कुलोको इन्टेकमा नुहाउने क्रममा उनी मंगलबार दिउँसो पानीमा डुबेका हुन्। सात जना सँगै नुहाइरहेका बेला विष्ट पानीमा डुबेर बेपत्ता भएका थिए।इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीका अनुसार उनलाई साँझ ५ बजेतिर फेला पारिएको थियो।