कालिकोट । मोरङमा चट्याङ लागेर एक जना किशोरीको ज्यान गएको छ । मोरङको रतुवामाइ नगरपालिका(४ झुर्किया बस्ने झरीलाल महतोको छोरी १६ वर्षीया बिपना महतोको चट्याङ लागेर हिजो ज्यान गएको हो ।आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।